मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०३-२५, साँझ ६ बजे)


नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०३-२५, साँझ ६ बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis):

हाल मनसुन न्यूनचापिय रेखा (Monsoon Trough) नेपालको नजिक रहेको छ। आगामि २४ घण्टा भित्र मनसुन न्यूनचापिय रेखा नेपालको पुर्व देखि पश्चिम तराई भू-भागमा रहने देखिन्छ।

 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर पूर्ण बदली रहि मध्य र पूर्वका केही स्थानहरु र पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनि वर्षा भैरहेको अवस्था छ।

 

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):

असार २५ गते (बुधवार)

राती: देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्वी पहाड र तराईका एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना छ।

असार २६  गते (बिहिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ ।

 

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी  वर्षाको सम्भावना छ ।

 असार २७   गते (शुक्रबार)

दिउँसो: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ

 

राती: देशका अधिकांश भू-भागमा बदली  रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

 

देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। साथै देशको पश्चिमि भेगका थोरै स्थानहरुमा र पूर्वी पहाड र तराई एक दुई स्थानहरुमा भारि वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।

--------------------------------------------------------------------------------------------------------------------------------------------

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather facebook एकाउण्ट (Meteorological Forecasting Division, Department of Hydrology and Meteorology) बाट प्राप्त गर्न सकिनेछ। साथै महाशाखाको फोन नम्बर ०१-४४८६८६९ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। यो नम्बर २४ घण्टा उपलब्ध छ।

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२७ देखि २०७६/०६/२९ ) जारी समय : साँझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२७ देखि २०७६/०६/२९ ) जारी समय : विहान ६:०० बजे

आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२६ देखि २०७६/०६/२८ ) जारी समय : सांझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक बदली रहि बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२७ देखि २०७६/०६/२९ ) जारी समय : साँझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२७ देखि २०७६/०६/२९ ) जारी समय : विहान ६:०० बजे

आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२६ देखि २०७६/०६/२८ ) जारी समय : सांझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक बदली रहि बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२६ देखि २०७६/०६/२८ ) जारी समय : बिहान ६:०० बजे

असोज २६ गते (आइतबार), दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ भने बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।