आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-०४बिहान: ६ बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको  दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षा को सम्भावना छ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशैभरी सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 श्रावण ४ गते (शनिबार) 

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।  देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।  देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 श्रावण ६ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।  देशको थोरै स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका थोरै स्थानहरुमा  भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरे वाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२६ देखि २०७६/०८/२८ ) जारी समय : साँझ ६:०० बजे

देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२६

हाल विराटनगर आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ।

बिशेष मौसम बुलेटिन (जारी मितिः २०७६/०८/२६ बिहान ६ः०० बजे)

मिति २०७६ मंसिर २५ गते बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२६ देखि २०७६/०८/२८) जारी समय :बिहान ६:०० बजे

देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।