नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान
विभाग
मौसम पूर्वानुमान
महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather
Forecast Bulletin)
(जारी मितिः २०७६-०४-०८, साँझ ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon
Trough) नेपालको तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ तर अबको २४ घन्टामा मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon
Trough) अझ दक्षिण तिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुने देखिन्छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा
वर्षा भईरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण ८ गते (बुधबार)
राती: देशभर सामान्य देखि पूर्ण बदली रही
अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका पूर्वी तराईका थोरै स्थानहरुमा तथा मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
श्रावण ९ गते (बिहीबार)
दिउँसो: देशभर
सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको
छ ।
राती: देशभर सामान्य बदली रही केही
स्थानहरुमा वर्षा हुनेछ । देशको मध्य र पश्चिम तराईका एक
वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण १० गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य
बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको
पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहि केही
स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका थोरै स्थानहरुमा भारीको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका पूर्व र मध्यका थोरै स्थान र
पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका पहाडी भू-भागमा
पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने
खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन
अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने
भएकोले सतर्कता अपनाउनु अनुरोध गरिन्छ।
---------------------------------------------------------------------------------------------------------------------
मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस
महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather र facebook एकाउण्ट (Meteorological Forecasting Division, Department of Hydrology and
Meteorology) बाट
प्राप्त गर्न सकिनेछ। साथै महाशाखाको फोन नम्बर ०१-४४८६८६९ मा पनि सम्पर्क
गर्न सक्नुहुनेछ। यो नम्बर २४ घण्टा उपलब्ध छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०२ देखि २०७७/१०/०४) जारी समय : साँझ ६:०० बजे
राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली, बागमती तथा गण्डकी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-१०-०२ बिहान ९:०० बजे)
हाल देशको पहाडी भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०२ देखि २०७७/१०/०४) जारी समय : बिहान ६:०० बजे
प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/१०/०१ देखि २०७७/१०/०३) जारी समय : साँझ ६:०० बजे
प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।