आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/२८ देखि २०७६/०४/३०) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-२८बिहान ६:०० बजे)

 मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थानमा छ र यसको पश्चिमी छेउ उत्तर तिर सर्ने क्रममा छ। साथै नेपालको पूर्वी भू-भाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएको छ जसको असर पूर्वी र मध्य नेपालमा देखिनेछ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थानहरयानादिल्लीदक्षिण उत्तर-प्रदेशदक्षिण बिहारझारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देश भर आंशिक देखि सामान्य वदली रही तराई भू-भागका केही स्थाहरुमा हल्का वर्षा भईरहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण २८ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। 

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 श्रावण २९ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 श्रावण ३० गते (विहिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका तथा तराईका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट बच्न आवश्यक  सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी पहाडी भू-भाग तथा पुर्वी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पश्चीमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य वदली रही सुदूर पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

Recent News and Releases