आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/२९ देखि २०७६/०४/३१) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-२९बिहान ६:०० बजे)

 मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थानमा छ र उत्तर तिर सर्ने क्रममा छ। साथै नेपालको पूर्वी र मध्य भू-भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको छ र यो प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थानहरयानादिल्लीदक्षिण उत्तर-प्रदेशदक्षिण बिहारझारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको मध्य तथा पुर्वी तराई भु-भागमा आंशिक बदली र बाँकी भु-भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

 श्रावण २९ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 श्रावण ३० गते (विहिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

  श्रावण ३१ गते (शुक्रबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा साथै पुर्व तथा मध्यका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्व तथा मध्य भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२७ देखि २०७६/०८/२९) जारी समय : बिहान ६:०० बजे

देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि संभाबना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२६ देखि २०७६/०८/२८ ) जारी समय : साँझ ६:०० बजे

देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२६

हाल विराटनगर आसपासका तराई भू-भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ।

Recent News and Releases

बिशेष मौसम बुलेटिन (जारी मितिः २०७६/०८/२६ बिहान ६ः०० बजे)

मिति २०७६ मंसिर २५ गते बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ।