आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०५-0बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको  | साथै भारतको उत्तर-प्रदेश तथा हरियाना आसपासमा न्युन चापिय प्रणाली (Well Marked Low) अवस्थित छ र यो कमजोर बन्दै गईरहेको छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य  बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

भाद्र २ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको  एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भाद्र ४ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/५/२९ देखि २०७६/०५/३१ ) जारी समय : बिहान ६:०० बजे

देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/५/२८ देखि २०७६/०५/३०) जारी समय : साझँ ६:०० बजे

देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्वका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/५/२८ देखि २०७६/०५/३०) जारी समय : बिहान ६:०० बजे

हाल अधिकाँस भु-भागमा आँशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/५/२७ देखि २०७६/०५/२९) जारी समय : साँझ ६:०० बजे

हाल अधिकाँस भु-भागमा आँशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।