आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०५-0विहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको  | साथै भारतको उत्तर-प्रदेश तथा हरियाना आसपासमा न्युन चापिय प्रणाली (Well Marked Low) अवस्थित छ र यो कमजोर बन्दै गईरहेको छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य  बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

भाद्र ३ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। 

राती: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भाद्र ४ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।  देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भाद्र ५ गते (विहिबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा   मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।  देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

तराईका भूभागमा लागेको हुस्सु/कुहिरो मध्यान्न पछि बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा मध्यान्नसम्म राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : बिहान ०६:०० बजे

आजः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१३ देखि २०७६/१०/१५) जारी समय : साँझ ६:०० बजे

माघ १३ गते (सोमबार) ,रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहने देखिन्छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।