आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/५/२३ देखि २०७६/०५/२५) जारी समय : साझँ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०५-२३, साझँ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको  आसपासमा  अवस्थित छ र आज रातीबाट यो न्यून चापीय रेखा मध्य र पुर्वमा थोरै उत्तर तर्फ  सर्दै जाने देखिन्छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था (
Present Weather Status):
हाल देशभरी सामान्य बदली भई देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

भाद्र २३ गते (सोमबार)

राती:देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 भाद्र २४ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका  एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २५ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य  बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगको साथै पुर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ|

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

तराईका भूभागमा लागेको हुस्सु/कुहिरो मध्यान्न पछि बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा मध्यान्नसम्म राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : बिहान ०६:०० बजे

आजः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१३ देखि २०७६/१०/१५) जारी समय : साँझ ६:०० बजे

माघ १३ गते (सोमबार) ,रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहने देखिन्छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।