आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२२ देखि २०७६/०७/२४) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०७-२२,साँझ ६:०० बजे)

मौसम विश्लेषण
Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । भारतको गुजरातको तटिय क्षेत्र नजिकै अरब सागरमा “महा” नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापिय प्रणालि (Well Marked Low) को रुपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा रहेको छ । अर्को चक्रवात “बुल-बुल” बंगालको खाडीको पश्चिमि-मध्य (west central) भागमा विकसित हुदै गरेको देखिन्छ । यो प्रणालि हाल उत्तर दिशातर्फ बढ्ने देखिन्छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २२ गते (शुक्रबार)

राती: देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भु-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ साथै उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ |

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भु-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ साथै उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ |

राती: देशको पुर्वी भू-भागमा सामान्य बदलि हुने र मध्य र पश्चिमि पहाडि भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २४ गते (आइतबार)

दिउँसो: देशको पुर्वी भु-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पुर्वी भू-भागमा आन्शिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२४ देखि २०७७/०२/२६) जारी समय : साँझ ६:०० बजे

रातीः देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदुर पश्चिम प्रदेशका थोरै र अन्य प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२४ देखि २०७७/०२/२६) जारी समय : बिहान ६:०० बजे

दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२३ देखि २०७७/०२/२५) जारी समय : साँझ ६:०० बजे

रातीः प्रदेश १,२, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सु.प. प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को बाँकी भू-भाग मा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/२३ देखि २०७७/०२/२५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा मध्यम वर्षा भैरहेको अवस्था छ।