आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२३ देखि २०७६/०७/२५) जारी समय : बिहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०७-२३,बिहान ६:०० बजे)

मौसम विश्लेषण
Meteorological Analysis):

चक्रवात(Very Severe Cyclonic Storm) “बुल-बुल” बंगालको खाडीको उत्तर-पश्चिम र नजिक का भूभागमा  रहेको छ । यो प्रणालि हाल उत्तर दिशातर्फ बढ्ने देखिन्छ| पश्चिमी वायुको कारण बनेको न्यून चापीय क्षेत्र जम्मु कश्मिर नजिक रहेको छ | यसको कारण देशको भू-भागहरुमा आंसिक देखि सामान्य बदलि रहने सम्भावना छ |

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पूर्वी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भाग सामान्यतया सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भू-भागको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ साथै उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ |

राती: देशको पूर्वी भू-भागमा सामान्य बदलि हुने र मध्य र पश्चिमि पहाडि भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २४ गते (आइतबार)

दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पूर्वी भू-भागमा आन्शिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

कार्तिक २५ गते (सोमबार)

दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पूर्वी भू-भागमा आन्शिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

उच्च पहाडी र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२९ देखि २०७६/०८/०१) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशको पश्चिमी भू-भागमा आन्शिक देखि सामान्य वदलि र मध्य पहाडि भू-भागमा आन्शिक वदलि रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ | पश्चिमी पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडि तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२८ देखि २०७६/०७/३०) जारी समय : साँझ ६:०० बजे

राती: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी पहाडि भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साप्ताहिक मौसम पुर्वानुमान

नेपालका २८ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/२८ देखि २०७६/०७/३०) जारी समय : बिहान ६:०० बजे

देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।