आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०९/२८ देखि २०७६/१०/०१) जारी समय : साँझ ६:०० बजे

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०९-२८, साँझ ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल सुदुर पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक देखि सामान्य बदली रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष २८ गते (सोमबार) 

रातीः   देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली  रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  देखि मध्यम  हिमपात हुने सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा आंशिक देखि  सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

रातीः  देशभरको मौसम सामान्यतया सफा रहनेछ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

तराई भू-भागहरुमा बिहानी समयमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो नै रहने देखिन्छ।साथै सुदुर पश्चिमका उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का हिमपात पनि हुने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

तराईका भूभागमा लागेको हुस्सु/कुहिरो मध्यान्न पछि बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा मध्यान्नसम्म राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : बिहान ०६:०० बजे

आजः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१३ देखि २०७६/१०/१५) जारी समय : साँझ ६:०० बजे

माघ १३ गते (सोमबार) ,रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहने देखिन्छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।