विशेष मौसम बुलेटिन

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

विशेष मौसम बुलेटिन (Special  Forecast Bulletin)

(जारी मितिः २०७६-०९-२९ समय: १६:००)

बुधबार सांझ (माघ १ गते) बाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ

यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको संभावना रहेको छ। साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ। देशको पूर्वी भु-भागमा बिहिवार आंशिक देखि सामान्य बदलि भई १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।

 यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हनु अनुरोध छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

तराईका भूभागमा लागेको हुस्सु/कुहिरो मध्यान्न पछि बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा मध्यान्नसम्म राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१४ देखि २०७६/१०/१६) जारी समय : बिहान ०६:०० बजे

आजः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/१३ देखि २०७६/१०/१५) जारी समय : साँझ ६:०० बजे

माघ १३ गते (सोमबार) ,रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहने देखिन्छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।