आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१२/१७ देखि २०७६/१२/१९) जारी समय : साँझ ६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१२-१७ साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल नेपालमा कुनै उल्लेखनिय प्रणाली रहेको छैन |

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी पहाडी भू-भागमा आँशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र  गते (सोमबार)

रातीः  देशको पहाडी  भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १८ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा   मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ |

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ |

 रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ |

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):-

छैन |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/१६ देखि २०७७/०८/१८) जारी समय : साँझ ६:०० बजे

हाल पूर्वी पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईको हुस्सु/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मितिः २०७७-०८-१६ बिहान ८ः४५ बजे)

हाल पूर्वी तथा मध्य तराईका थोरै स्थानहरुमा हुस्सु्/कुहिरो लागेको छ।