आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-१७ देखि २०७७-०३-१९ सम्म) जारी समय :विहान ०६:०० बजे

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पुर्वानुमान महाशाखा गौचर, काठमाण्डौ

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०३-१७, विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ 

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १७ गते (बुधबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावनारहेकोछ।

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १प्रदेश २, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १८ गते (विहिवार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १प्रदेश २, वाग्मती प्रदेशगण्डकी प्रदेशप्रदेश ५ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत  सम्भावना  रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्नेभू-क्षय हुनेपहिरो जानेसडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-३० देखि २०७७-०४-०१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-२९ देखि २०७७-०३-३१ सम्म) जारी समय : साँझ ६:०० बजे

देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको भईरहेको छ।

सलह सम्बन्धि मौसम बुलेटिन (जारी मितिः २०७७-०३-२९, बिहान ८ः०० बजे)

नेपालका केही जिल्लाहरुमा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमन र बृद्दिमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यो बुलेटिन जारी गरिएको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७-०३-२९ देखि २०७७-०३-३१ सम्म) जारी समय : विहान ६:०० बजे

देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको छ।