३ दिने गणितिय मौसम पूर्वानुमान (Numerical Weather Prediction) सेवा सुरु गरेको वारे प्रेस विज्ञप्ति

मिती: २३ भाद्र २०७३

जल तथा मौसम विज्ञान विभागले आजदेखि ३ दिने गणितिय मौसम पूर्वानुमान (Numerical Weather Prediction) सेवाको सुरुवात गरेको छ । आज जनसंख्या तथा वातावरण मन्त्रालयमा सम्पन्न भएको एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री माननिय श्री जयदेव जोशि ज्यूले उक्त सेवाको सुरुवात गर्नुभयो। संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (UNDP, Nepal) ले उक्त सेवा जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेभ साईट (www.mfd.gov.np/nwp) मार्फत सुचना प्रवाह गर्नका लागि सहयोग गरेको थियो । अव सो वेभ साईट मार्फत तिन दिन सम्मको मौसम पूर्वानुमान हेर्न सकिनेछ । यसमा नेपालभरिको वर्षा, वायुको तापक्रम र वायुको गति सम्वन्धि घण्टा घण्टाको मौसमि पूर्वानुमान उपलव्ध छ ।

जल तथा मौसम विज्ञान विभाग तथा UNDP, Nepal को संयुक्त आयोजनामा भएको आजको कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वलि तथा UNDP Nepal का Country Director Mr. Renaud Meyer ले मन्तब्य दिनुभएको थियो भने विभागका महानिर्देशक डा. ऋषि राम शर्माले स्वागत मन्तव्य दिनुका साथै कार्यक्रम वारे प्रकाश पार्नुभएको थियो।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०४ देखि २०७८/०६/०६) जारी समय : साँझ ६:०० बजे

देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०४ देखि २०७८/०६/०६) जारी समय : बिहान ६:०० बजे

२०७८ आश्विन ४ गते (सोमबार),दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०३ देखि २०७८/०६/०५) जारी समय : बेलुका ६:०० बजे

२०७८ आश्विन ३ गते (आईतबार),राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०६/०३ देखि २०७८/०६/०५) जारी समय : विहान ६:०० बजे

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।