आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०१/२० देखि २०७८/०१/२२) जारी मिति २०७८/०१/२० गते समय : साँझ ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग 

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति२०७८-०१-२० साँझ :०० बजे) 

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीदक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

देशको प्रदेश २ मा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहेको छ। गण्डकी, लुम्बिनी र बागमती प्रदेका केहि भू-भागहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख २० गते (सोमबार) 

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै भू-भागहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ बैशाख २१ गते (मंगलबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका प्रदेश १ र प्रदेश २ का केही स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 

२०७८ बैशाख २२ गते (बुधबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

 राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। 

Featured

Special Weather Bulletin (जारी मितिः २०७८/०२/ ०२ साँझ ०६:०० बजे)

हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “TaukTae” अझ बिकशित हुने क्रममा रहेको छ। उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०२/०२ देखि २०७८/०२/०४) जारी समय : साँझ ६:०० बजे

देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०२/०२ देखि २०७८/०२/०४) जारी समय : बिहान ६:०० बजे

दिउँसो: प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०२/०१ देखि २०७८/०२/०३) जारी समय : साँझ ६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकि भू-भागहरुमा आन्शिक बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।