आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०८/२० देखि २०७८/०८/२२) जारी समय : सांझ ०६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/०८/२० सांझ ६:०० बजे

 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहनुका साथै नेपालको पूर्वी भु-भागमा भारतको उत्तर पश्चिम बंगालको खाडी र पश्चिम बंगाल-बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको ( सामुन्द्रिक चक्रवात जुवाद को बांकी आंशको) आंशिक प्रभाव रहेको छ ।

 

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशको सुदूर पश्चिमकर्णाली प्रदेशलुम्बिनी प्रदेश,गण्डकी प्रदेश र प्रदेश नं १मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।  

  

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर २० गते (सोमबार)

 

राती : देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश साथै बाग्मती प्रदेश र प्रदेश नं १को पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

२०७८ मंसिर २१ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

रातीः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

 

२०७८ मंसिर २२ गते (बुधबार)

दिउँसो : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 

रातीः प्रदेश नं १को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहणहवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।

 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।