विशेष बुलेटिन ७: हिउँद यामको विशेष मौसम अपडेट ( Special Winter Weather Bulletin 7)

नेपाल सरकार

र्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

विशेष बुलेटिन :  हिउँद यामको विशेष मौसम अपडेट  ( Special Winter Weather Bulletin 7)

(जारी मितिः २०७८/१०/०७  दिउँसो ०० बजे)

हाल नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणाली कमजोर अवस्थामा रहेको र भोली शनिबार विहान देखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमवाट शनिबार, आईतवार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने संभावना रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आन्शिक देखि सामान्य बदली रहने देखिन्छ।

Images:

गणितिय मौसम पुर्वानुमानको परिक्षण (Experimental)  मोडल अनुसार  विहीवार राती ११:४५ बजे देखी सोमवार विहान ११:४५ बजे सम्मको वर्षाको पूर्वानुमान निम्नानुसार रहेको छ।

 यस प्रणालीको प्रभावले सोमबार सम्म सुदुर-पश्चिम प्रदेशकर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यसका साथै सुदुर-पश्चिम प्रदेशकर्णाली प्रदेश र लुम्बिनी प्रदेशका  पहाडी र तराई भू-भागका केही स्थानहरुमा  मेघ गर्जन चटयाङ सहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ।

यो मौसमी प्रणालीका कारण  हवाई क्षेत्रपर्वतारोहण,  कृषियातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध  छ । चिसो मौसममा अत्याधिक विजुलीको माग बढ्न गई नियमित प्रशारणमा प्रभाव पर्न सक्ने तथा झ्याल ढोका बन्द गरी कोठामा आगो बाल्दा  आगलागी र धुवांको कारण ज्यान जोखिममा हुन सक्ने भएकोले थप सतर्कता अपनाउनुहुन पनि अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ। 

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौ

फोनः ०१-४४८६८६९०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

Featured

साप्ताहिक मौसम पूर्वानुमान जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० वैशाख ७ गते शुक्रबार देखि २०८१ वैशाख १३ गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।