नेपालमा मनसुन प्रवेश (Monsoon Onset) 2018

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मिती: २०७५//२५

नेपालमा मनसुन प्रवेश (Monsoon Onset)



आजजेठ २५ गते (०८ जुन) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिन भित्रै नेपालभर फैलिने अनुमान गरिएको छ। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन २ दिन अघि शुरू भएको छ।

 

 

नेपालमा साधारणतया: जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०% वर्षा हुने गर्दछ। यसरि SASCOF-12 मा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू-भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको छ। स्मरणिय छ, सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०% देखि ११०% सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमश: न्युन वा अधिक वर्षा भएको मनिन्छ। जुन तलको चित्रमा देखाईएको छ।      

                                                        


मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather बाट प्राप्त गर्न सकिनेछ।

 

 


Featured

नेपालमा मनसुन प्रवेश (Monsoon Onset) 2018

आज, जेठ २५ गते (०८ जुन) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ र केही दिन भित्रै नेपालभर फैलिने अनुमान गरिएको छ।

२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान जारी मिति: २०७४-०८- २०

वर्तमान मौसमि अवस्था:भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” कमजोर भए संगै यसको प्रभाव न्यून हुदै गएको र हाल देशको पश्चिमी हिमाली क्षेत्रमा बदलि रहेको छ भने बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको छ

२०७४ मंशिर २१ गते को चुनाव का लागि मौसम पूर्वानुमान

भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” को प्रभावले देशको पच्छिम क्षेत्रमा बदलि रहेको छ भने देशको मध्य क्षेत्रमा सामान्य देखि आंशिक बदलिको अवस्था रहेको छ |

Recent News and Releases

मौसमी बेलुन सम्बन्धि प्रेस विज्ञप्ति

जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्विद्यालय, जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त सहकार्यमा आज मिति २०७५।३।६ गतेदेखि त्रि.वि.वि. कीर्तिपुरबाट विहान ०५:३७ बजे मौसमी बेलनु (Radiosonde) उडाईएको छ ।

मनसून अपडेट (२०१८) - २ [२०७५/०३/०६]

यस बर्ष जुन ८ मा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको मनसुन पश्चिमि वायुको बलियो प्रभावका कारणले आगामी ३/४ दिन सम्म कमजोर अवस्थामा नै रहने र सो अवधिमा मध्य र पश्चिमि तराई भेगको तापक्रममा अझै बृद्धि भई गर्मी बढ्ने देखिन्छ।त्यसपछी देशको मध्य तथा पश्चिमि क्षेत्रमा मनसुनको प्रभाव क्रमिक रूपमा बढ्दै जाने सम्भावना रहेको छ।

मानसून अपडेट (२०१८) - १

विगत केहि दिन देखि उत्तरी बंगालको खाडीमा बिकसित न्यूनचापीय प्रणाली आज मिति २०७५/०२/२८ मा जमिनमा प्रवेस गरेको छ l यो प्रणाली उत्तरर्पुवी दिशा तर्फ सर्दै जाने तथा बिस्तारै कमजोर हुदै जाने अनुमान गरिएको छ l

पहेंलो धमिलो वर्षा

हिजो साँझबाट देशका विभिन्न भु-भागहरुमा पहेंलो धुलो सहितको धमिलो वर्षा भएको भन्ने विभिन्न माध्ययमबाट जानकारि हुन आएकोमा विभागको ध्यान आकृष्ट भएको छ |