मनसुन बहिर्गमन (Withdrawal of Monsoon) सम्बन्धि विशेष मनसुन बुलेटिन-८ (Monsoon Bulletin-8)

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मनसुन बहिर्गमन (Withdrawal of Monsoon) सम्बन्धि विशेष मनसुन बुलेटिन-८ (Monsoon Bulletin-8)

(जारी मिति: २०७९/०६/२९ बिहान १०:०० बजे)

मिति २०७९ जेठ २२ गते (तद् अनुसार सन २०२२ जुन ५नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज मिति २०७९/०६/२९शनिबार (तद् अनुसार सन २०२२ अक्टोबर १५बाट नेपालको सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन (Withdrawal of Monsoon) हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।  

सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुनयस वर्ष औसत मिति भन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकता अनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने छ।

मौसम सम्बन्धि थप जानकारीका लागि:

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौं

फोन: ०१-४४८६८६९०१-४११३१९१

Website: www.mfd.gov.np / www.dhm.gov.np

Email: mfddhm@gmail.com

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०४ देखि २०८१/०१/०६) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।