आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) साँझ ६:०० बजे

                 

                                       जारी मिति : फाल्गुन ०६ गते (सोमवार) साँझ ६:०० बजे


 फाल्गुन ०६ गते (सोमवार):-

राति : देशको पश्चिमि भू-भागमा  पूर्ण वदली  रहनेछ , मध्य र  पूर्वी  भूभागमा  सामान्य बदलि रहनेछ भने अन्य भ-भागहरुमा  आंशिक बदलि हुने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा पूर्वी र मध्य पहाडी भेगका  थोरै स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूका केहि स्थानहरुमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०७ गते (मंगलवार):-

दिउँसो :देशको पश्चिमि भेग लगायत मध्य र पूर्वी पहाडि भेगहरुमा  आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका थोरै स्थानहरुमा र पूर्वी पहाडि भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि भेगका उच्च हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
राति : देशको पश्चिमि पहाडी भेगमा आंशिक बदलि भई  मेघगर्जन सहितको हल्का वर्षा हुनेछ भने अन्यत्र मौसम सामान्यतया सफा रहनेछ। 

फाल्गुन ०८ गते (बुधबार):-

दिउँसो : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने  अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि पहाडी भेगका  थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमि भेगमा पूर्ण बदलि रहनेछ भने अन्य भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ।पश्चिमि भेगका केहि स्थानहरुमा  र मध्य र पूर्वी पहाडि भेगका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ।  देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।