प्रेस विज्ञप्ति

जल तथा मौसम विज्ञान विभागको प्रेस विज्ञप्ति

मिति: २०७५ चैत्र १८ गते सोमबार

हिजो मिति २०७५ चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारणले बारा र पर्सा लगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति जल तथा मौसम विज्ञान विभाग दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ साथै उक्त घटनाका घाइतेहरु प्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

नेपालमा मनसुन सक्रिय नहुँदा सम्मका मनसुन पूर्वका चैत्र-वैशाख-जेष्ठ महिनामा अपरान्ह वा त्यसपछिको समयमा स्थानिय मौसम प्रणालि विकसित भई साँझ वा रातको समयमा चट्यांग, असिना पानी सहितको हावाहुरिले नेपालको मौसम प्रभावित हुने गर्दछ। मनसुन पूर्वको मौसम प्रणालि छोटो समयमै विकसित भै साधारणतया पश्चिमबाट पूर्व तर्फ लाग्ने गर्दछ। यो नियमित मौसमी प्रक्रिया हो । तर  हिजो साझँको मौसम प्रणालि हाल सम्मकै शक्तिशालि मौसम प्रणालि रहेको (९० किलोमीटर प्रति घण्टा भन्दा बढिको गति) देखिन्छ।

नेपाल जस्तो जटिल भू-बनोट भएको देशमा यस्ता मौसम प्रणालिले ल्याउने विपद्को क्षेत्र र ठाउँ तोकेर पूर्वानुमान गर्न अति नै चुनौतिपूर्ण छ। हालको न्यून जनशक्ति र अत्याधुनिक प्रविधि (जस्तै मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्रको नेटवर्क, Ensemble numerical model आदि) को कमि हुँदा पनि जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आफ्नो दैनिक मौसम पूर्वानुमानमा यस्ता मौसमि गतिविधिहरुलाई समेटने कोशिस गर्दै आएको छ। यस प्रकारका मौसम प्रणालिले पार्ने जनधनको क्षति न्यून गर्न हावाहुरी लगायतका अतिजन्य मौसम गतिविधिहरुको मौसम चेतावनी तथा पूर्वानुमान (Weather warning and Nowcasting) का लागि पर्याप्त जनशक्तिको साथै Research and Development सहित अत्याधुनिक प्रविधिको अति नै आवश्यक छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।